एक महिनापछि बेपत्ता छोरा फेला परे

Screenshot_20230731_214541_Samsung-Internet.jpg

सिलगढी: एक महिनाअघि हराएको छोरो एक महिनापछि फेला पर्दा अभिभावक खुसीले रोए ।विगत २७ जुनमा १३ वर्षीय गौरव साह साथीको घर जान भनि निस्किएका थिए।त्यसपछि उनी घर फर्किएनन्। बाबु नन्दन साहले छोरालाई विभिन्न ठाउँमा खोजे पनि तर भेट्टाउन सकेनन्।यसपछि पिता नन्दन साहले पुलिसथानामा उजुरी दिए। अन्ततः जुलाई ३० मा बाबुले छोरालाई भेट्टाए र घर फर्काए। घर फर्किएपछि गौरवले सबै घटना बताए ।यस सम्बन्धमा नन्दन साहले भने कि २७ जुनमा उनका छोरा साथीसँग घरबाट सिलगढी जंक्शन गएका थिए। त्यसपछि केही व्यक्तिले गौरवलाई जंक्शनबाट उठाएर फुलबारीस्थित होटलमा राखे। त्यसपछि गौरव सो होटलका एक कर्मचारीसँगै त्यहाँबाट भागेर उत्तरबङ्गाल मेडिकल संलग्न क्षेत्रमा रहेको कर्मचारीको घरमा २-३ दिन बसे।त्यसपछि कर्मचारीले गौरवलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरेका थिए। अस्पतालमा गौरव साहले मौकाको फाइदा उठाउँदै एक व्यक्तिको फोनबाट घरमै सबै घटना सुनाए। त्यसपछि परिवारका सदस्य हतार हतार अस्पताल पुगेर छोरालाई त्यहाँबाट ल्याए। करिब १ महिना ४ दिनपछि छोरा फर्किएपछि अभिभावक र परिवारका सदस्यहरु खुसी भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement