झुण्डिएको अवस्थामा एक व्यक्तिको मृतदेह फेला

IMG-20230731-WA0361.jpg

सिलगढी: सिलगढीको सूर्यसेन कालोनी क्षेत्रमा एक व्यक्तिको झुण्डिएको अवस्थामा मृतदेह फेला परेको छ। नयाँ जलपाईगुडी थानाको पुलिस यो घटनाको अनुसन्धानमा जुटेको छ। पुलिस स्रोतका अनुसार मृतकको नाम बाबुल देव रहेको छ। तिनी सूर्यसेन कालोनीका बासिन्दा हुन्। सोमबार दिउँसो घरबाट आवाज नआएपछि मृतकका आफन्तले ढोका तोड्दा उनको मृतदेह पंखामा झुण्डिएको देखे। पुलिसलाई खबर गरेपछि नयाँ जलपाईगुडी थानाको पुलिसले मृतदेह बरामद गरी पोस्टमार्टमको लागि उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा पठाएको थियो। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement