भाजपा युवा मोर्चाद्वारा प्रधान नगर थाना अघि प्रदर्शन तथा ज्ञापन

IMG-20230528-WA0320-5-300x172-12

सिलगढी: सिलगढी नगर निगमको ४७ नम्बर वार्डका पार्षदका आफन्त दीपक साहालाई ज्वेलरी कम्पनीको नाममा धोखाधडी गरेको आरोपमा पुलिसले पक्राउ गरेपछि तिनलाई अदालतमा पेश गरेको छ। यसपछि मामिलाको जाँच गर्नका लागि पाँच दिनको पुलिस हिरासतमा लिएको छ। अर्कोतिर, भाजपा युवा मोर्चाले यस घटनालाई राजनीतिकरण गर्दै यसको फाइदा उठाएर आज यस मामिलालाई लिएर भाजपा युवा मोर्चाको तर्फबाट प्रधान नगर थाना बाहिर विरोध प्रदर्शन गयो। तिनीहरूले यस घटनाको निष्पक्ष जाँच गरेर साधरण मानिसहरूलाई तिनीहरूको रूपियाँ चाँडै फर्काइदिने व्यवस्था गरिनु पर्ने माग गरेका छन्। यसको साथै यस मागलाई लिएर भाजपा युवा मोर्चाले प्रधान नगर थानाका आईसी-लाई एउटा ज्ञापन सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement