धोनीको भिडीयो भाइरल हुँदा…

00-1-Dhoni.jpeg

नयाँ दिल्ली: भारतीय टीमका पूर्व कप्तान एमएस धोनीका फ्यान विश्वभर फैलिएका छन्। धोनीलाई बाहिर देख्नेबित्तिकै फ्यानहरू उनको हरेक गतिविधिबारे जानकारी लिन्छन्। यति मात्र होइन, विमानमा समेत उनका धेरै भिडियो भाइरल हुन्छन्। यसै क्रममा अब धोनीको अर्को भिडियो सार्वजनिक भएको छ, जसलाई लिएर चारैतिर हंगामा मच्चिएको छ। यो भिडियोमा फ्यानहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन्। यो भिडियोमा धोनी फ्लाइटमा सुतिरहेको देखिन्छ। यो भिडियोमा एयर होस्टेसमाथि फ्यानहरुको आक्रोश बाहिर आएको छ।

माही फ्लाइटमा सुतिरहेको हुँदा एयर होस्टेसले गुपचुप भिडियो बनाइन्। उनकी श्रीमती साक्षी पनि धोनीको नजिकै बसिरहेकी छिन्। एयर होस्टेसको यो हरकतबाट प्रशंसकहरू रिसाउँछन्, जसले पूर्व कप्तानको गोपनीयता हनन गरेको विश्वास गर्छन्। एक फ्यानले इन्डिगो एयरलाइन्सलाई यो एयर होस्टेसलाई हटाउन अनुरोध पनि गरेका छन्। यस विषयमा एक फ्यानले महिला आयोगलाई समेत तानेका छन्। भिडियो सेयर गर्दै उनले लेखे, ‘तपाईंले गोपनीयताको सम्मान गर्नुपर्छ। यदि कसैले यो एयर होस्टेसको भिडियो बनाएको भए यो कुरा मानवअधिकार, महिला आयोग र संयुक्त राष्ट्र संघसम्म पुग्ने थियो, यसका अलावा धोनीको यो क्यूट भिडियोलाई कतिपयले मन पराइरहेका छन्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement