मिरिकमा दीप प्रधानको कथा संग्रह ‘जीवनको वरिपरि’ विमोचित

IMG-20220703-WA0157.jpg

मिरिक: मिरिकको थर्बु उच्च माध्यमिक विद्यालयका शिक्षक एंव लेखक दीप प्रधानको कथा संग्रह जीवनको वरिपरिको विमोचन आइतबार मिरिक व्यवसाय संगठन भवनमा मिरिक साहित्य सुनौ परिवारको आयोजनामा सम्पन्न भएको छ। मिरिक साहित्य सुनौ परिवारको अध्यक्ष राजबहादुर राईको अध्यक्षता अनि केसाङ लामाकाे सञ्चालनमा भएकाे कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार कृष्ण प्रधान, विशिष्ट अतिथिहरूमा डाक्टर गाेकुल सिन्हा, कवि विचन्द्र प्रधान, आरबी छेत्री आदि उपस्थित थिए। अतिथिहरूमा एमएल दियाली, मृदुल श्रीमणी, राेमा तामाङ, कृष्ण पी ठटाल, राधा रसाईली, नगिना लेप्चा,युवराज काँफ्ले, बालकृष्ण थामी आदि थिए। कथा संग्रहकाे विमाेचन कार्यक्रम अध्यक्ष, मुख्य अतिथि अनि अतिथिहरूको बाहुलीबाट गरियो। भर्खरै मणिपुरकाे पैह्राेमा ज्यान गुमाउने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनट माैन पालन गरेपछि शुरू भएकाे कार्यक्रममा श्रद्धा प्रधानले भायोलिनमा धुन सुनाइन् भने शिक्षक रमेस गजमेरले भजन प्रस्तुत गरेका थिए। साहित्य सुनाैं परिवार मिरिककी सचिव शिला लामाले स्वागत भाषण राख्दै साहित्य सुनाैं परिवारले हालसम्म साहित्य विकासमा सक्रिय कार्य गर्दै आएकाे अनि सात महिनाभित्र साहित्य सुनाैं परिवारले तीनवटा पुस्तक विमाेचन गरिसकेकाे बताइन्। कार्यक्रममा शर्मिला प्रधान, गोकुल रसाइली, मनाेहर शर्मा, अर्जुन प्रधान, बालकृष्ण थामी,बिष्णुकुमार बराइली, जीनर घतानी, उर्मिला घिसिङ, रन्जित गुरूङ आदिले कविता वाचन गरेका थिए। कविता वाचन कार्यक्रमकाे सञ्चालन कवियत्री कमला तामाङले गरेका थिए। कार्यक्रममा कथाकार दीप प्रधानलाई कथा संग्रहमा शुभकामना व्यक्त गर्नेहरू, पुस्तक बिक्रेताहरू क्रमैले पन्ना राई, सुन्दर घिसिङ अनि पाठक आशाेक शर्मालाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयाे। कार्यक्रममा बाेल्दै वरिष्ठ साहित्यकार डाक्टर गाेकुल सिन्हाले साहित्य स्वस्थ, रमाइलो र बुझिलो हुनपर्छ भन्दै कुनै पनि रचना पाठकलाई ध्यान दिएर सृजना गर्नुपर्छ भनी बताएका छन्। उनले कथाकार दीप प्रधानलाई कथा संग्रह प्रकाशित गरेकाेमा बधाई पनि दिए। यस अवसरमा डाक्टर गाेकूल सिन्हालाई सम्बर्द्धना पनि जनाइयाे जुन सम्बर्द्धना पत्र अजम प्रधानले पठन गरेका थिए भने पीएल जाेशीकाे बाहुलीबाट प्रदान गरियाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement