गेजिङमा पूर्व जिल्ला पञ्चायतहरूलाई विदाई

IMG-20230731-WA0412.jpg

गेजिङः गेजिङ जिल्ला पञ्चायतको पहलमा विदाई साथै अभिनन्दन कार्यक्रम आयोजना गरियो। विशेष, गरेर गेजिङ जिल्लाका पूर्व जिल्ला पञ्चायत र पञ्चायतहरूलाई विदाई साथै नयाँ पञ्चायतहरूलाई अभिनन्दन जनाउने उद्देश्यले आयोजित कार्यक्रममा मुख्य अतिथिकोरूपमा वर्तमान जिल्ला अध्यक्ष डीएस लिम्बू रहेका थिए।

कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष देविका सुब्बा र उपाध्यक्ष अशोक कुमार गुरूहले आफ्नो कार्यकालको अनुभव बाँडे। जिल्ला अध्यक्ष र उपाध्यक्ष दुवैले गेजिङ जिल्लाको विकासलाई अर्को उचाईमा पुऱ्याउनको निम्ति नयाँ टोलीलाई बधाई साथै शुभकामना दिँदै एकता र सद्भावका साथ काम गर्नुपर्ने आग्रह गरे।

उनीहरुले पूर्व पश्चिम जिल्ला पञ्चायतको सम्पूर्ण टोलीको तर्फबाट आफूलाई प्रदान गरिएको सम्मान र यस्तो भव्य कार्यक्रम आयोजना गरेर आफूले गरेको सेवाको कदर गर्दै आभार व्यक्त गरेका छन्। यसका साथै दुवैले आवश्यक परेमा नयाँ टोलीलाई आफ्नो अनुभव र विज्ञताका साथ सहयोग र मार्गदर्शन गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement