निःशुल्क आँखा जाँच शिविर सम्पन्न

687437f8-219e-40ee-b957-92108b8e2a75

कालचिनीः डुवर्स ग्रीन सोसियल वेलफेयर आर्गनाइजेशन औ सिलगढ़ी ग्रेटर लायन्स आई हस्पिटलको संयुक्त आयोजनामा सोमबार हेमिल्टनगञ्ज नेताजी पल्लीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भयो।
शिविरमा २२० जनाले आँखा जाँच गरेको र ३० जनाको मोतियाबिन्द अपरेशनको सूची तयार भएको बताईएको छ। सो शिविरमा डुवर्स ग्रीन सोसियल वेलफेयर आर्गनाइजेशन सभापति राखी दत्ता, अलिपुरद्वार समाजसेवी कृष्ण मुखर्जी, उज्ज्वल शर्मा र मौसमी दास एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement