दिल्लीको शिक्षा समागममा सिक्किमको सहभागिता

IMG-20230731-WA0410.jpg

गान्तोकः देशका प्रधानमन्त्री नरेन्द्र मोदीले गत २९ जुलाईको दिन नयाँ दिल्लीस्थित प्रगति मैदानमा अखिल भारतीय शिक्षा समागम कार्यक्रमको उद्घाटन गरे। विशेष गरेर केन्द्र सरकारले शुरू गरेको नेशनल एजुकेसन पोलिसीको तीन वर्ष पुगेको अवसरमा उक्त कार्यक्रमको उदघाटन गरिएको थियो। उल्लेखनीय छ, केन्द्र सरकारले शिक्षाको क्षेत्रमा सुधार ल्याउने उद्देश्य लिएर वर्ष २०२० मा नेशनल एजुकेसन पोलिसी शुरू गरेको थियो। दुई दिवसीय अखिल भारतीय शिक्षा समागमको समापन हिजो भव्यरूपमा सम्पन्न भयो। जुलाई २९ र जुलाई ३०मा निर्धारित दुई दिने अखिल भारतीय शिक्षा कार्यक्रमको उद्देश्य शिक्षा क्षेत्रमा विभिन्न सरोकारवालाहरूका लागि मञ्च प्रदान गरिनु रहेको छ।

शिक्षाविद्, विषयगत विज्ञहरू, नीति निर्माताहरू, उद्योग प्रतिनिधिहरू, शिक्षकहरू, र विद्यालयहरू, उच्च शिक्षा संस्थाहरू, र सीप संस्थाहरूका विद्यार्थीहरू नेशनल एजुकेसन पोलिसी लागू गर्नका लागि उनीहरूको बहुमूल्य अन्तर्दृष्टि, सफलताका कथाहरू र उत्कृष्ट अनुभव साटन कार्यक्रममा सहभागिता जनाएका थिए। सो कार्यक्रममा एनआइटी सिक्किमका प्रतिनिधिहरूले प्रोफेसर महेशचन्द्र गोविलको पनि आफ्नो कुराहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा एक भारत सर्वश्रेष्ठ भारत अन्तर्गत राज्यका १२ जना कलाकारहरूले पारम्पारिक नृत्य प्रस्तुत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement