सिक्किम सरकारको आँगनमा प्रशासन अभियानमा तीब्रता

IMG-20230731-WA0415.jpg

गान्तोकः राज्य सरकारद्वारा शुरू गरिएको आँगनमा प्रशासन कार्यक्रम अन्तर्गत सोरेङ जिल्लाले वृद्धहरूलाई लिएर आधार कार्ड पञ्जीकरण कार्य शुरू गरेको छ। यसै कार्यक्रम अन्तर्गत सोरेङ जिल्लाको माङसारी मंगरजुङमा हिजो आधार कार्ड बनाउने कार्य सम्पन्न भयो।

विशेष गरेर राज्यका विभिन्नरूपमा सक्षम व्यक्ति, वरिष्ठ नागरिक र गर्भवती महिलाहरूको निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो। यस अवसरमा कूल ८३ जनाले आधार कार्डको निम्ति पञ्जीकरण गराए भने सो शिविर डेस्मीका सहनिर्देशक एनटी तामाङले नेतृत्व गरेका थिए।

About Author

Advertisement