गान्तोकः राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागको पहलमा आज टाशीलिङस्थित स्वास्थ्य विभागको प्रेक्षागृहमा मीडियाकर्मीलाई लिएर मिशन इन्द्रधनुश ५.० माथि एक सचेतना कार्यक्रम आयोजना गरियो। यस कार्यक्रमको अध्यक्षता डा. अनुषा लामाले गरेकी थिइन् भने कार्यक्रममा एसएमको-का पर्यवेक्षक मेडिकल अधिकारी डा. एसके रायले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा इन्द्रधनुष कार्यक्रमको महत्वबारे पत्रकाहरूलाई विस्तृतरूपमा अवगत गराए। यो कार्यक्रम विशेष गरेर केन्द्र सरकारको ध्वजावाहक कार्यक्रम रहेको र देशभरिनै एकै साथ शुरू गरिने भएको छ भने सिक्किम राज्यको ६ वटा जिल्ला यो कार्यक्रम शुरू हुनेछ। यस कार्यक्रम अन्तर्गत पाँच वर्षसम्मका नानीहरू र गर्भवती महिलाहरूको निम्ति अनिवार्य भएकोले सबैले खोप लगाउनु पर्नेछ।
यसै क्रममा एसआईईसीबीका उपनिर्देशक सोनाम भोटिया, गलत समाचारको सम्प्रेषण र यसमा मीडियाको भूमिकामाथि पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमदावारा जानकारी गराए। उनले सार्वजनिक स्वास्थ्य आपतकालिन समयमा गलत सञ्चारको जोखिमबारे पनि आफ्न मन्तव्य साँझा गरे। उनले सत्य तथ्यलाई प्रकाशमा ल्याउनु पर्ने मीडियाको जिम्मेवारी रहेको बताए। सोही प्रकारले डा. अनुषा लामाले आफ्नो संक्षिप्त सम्बोधनमा मिशन इन्द्रधनुष कार्यक्रम आगामी ७ अगस्तदेखि १४ अक्टोबरसम्म चल्ने बताइन्। तीन महिना लामो यस कार्यक्रम अन्तर्गत ६,८७६ जना नानीहरूलाई खोप लगाइसकेको र छोडिका नानीहरूलाई पनि यस वर्ष भने लगाउने बताए।