घैयाबारीका भूतपूर्व सैनिकहरूद्वारा शहीदहरूलाई श्रध्दाञ्जली

IMG-20220703-WA0155.jpg

तीनधारे: मणिपुरमा कार्यरत् १०७ बटालियन टेरोटोरियल आर्मीको जवानहरू प्राकृतिक आपदा पैह्रोमा परेर शहीद बनेका गोर्खा जवानहरूलाई खरसाङ महकुमा अन्तर्गत घैयाबारीको भूतपूर्व सैनिकहरूद्वारा श्रध्दाञ्जली अर्पण गर्ने कार्यक्रम सम्पन्न भएको छ। उक्त श्रध्दाञ्जली कार्यक्रम घैयाबारी रेलवे स्टेशन परिसरमा सम्पन्न भएको थियो। उक्त श्रध्दाञ्जली कार्यक्रम घैयाबारीको भूतपूर्व सैनिक अनि अर्ध सैनिकहरूद्वारा गठित कारगिल एनजीओको आयोजनामा सम्पन्न गरिएको थियो।

उक्त कार्यक्रममा भूतपूर्व सैनिकहरूद्वारा शहीदहरूको तस्वीरमा धुप दिप प्रज्वलन गरी एक मिनटको मौन धारण गरी श्रध्दाञ्जली अर्पण गर्दै आत्मा शान्तिको लागि मौन प्रार्थना पनि गरेका छन्। यस कार्यक्रममा भूतपूर्व सैनिकद्वारा वक्तव्य राख्दै शहीदहरूलाई श्रध्दाञ्जली अर्पण पनि गरिएको थियो। कार्यक्रममा शिक्षक दिनेश प्रधान र राजु छेत्रीद्वारा पनि वक्तव्य राखिएको थियो। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भूतपूर्व सैनिक संगठनको पक्षबाट रमेश प्रधानले यस श्रध्दाञ्जली कार्यक्रम विषयमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement