कोलकाताः जादवपुर यूनिवर्सिटीको गेट नम्बर ५ नजिक एउटा बिल्डिङमा आगो लाग्यो। घटना सोमवार दिउँसोको हो। प्राप्त जानकारी अनुसार, सोमवार दिउँसो यूनिवर्सिटीको गेट नम्बर ५ नजिक स्थित एउटा मल्टीस्टोरिड बिल्डिङको तेस्रो तलामा आगो लाग्यो। सूचना पाएपछि दमकलका दुई गाड़ी घटनास्थलमा पुगे। दिउँसो १.१५ बजी आगो निभाइयो। आयो एयर कन्डिशनरमा सटसर्किटको कारण लागेको हुनसक्ने बताइँदैछ।
गत केही दिनमा कोलकातामा आगो लाग्ने धेरै घटनाहरू घटेक छ। २२ जुलाईमा कोलकाताको नीलरतन सरकारी अस्पतालमा आगो लाग्यो। हावड़ाको मंगलाहाटामा पनि आगो लागेको थियो, जसमा धेरै लुगाका दोकानहरू जलेर खरानी भए। यसअघि पार्क स्ट्रीट नजिक क्षेत्रमा एउटा रेस्टुरेन्टको भान्साघरमा आगो लागेको थियो र राजभवन नजिक बिबादी बाग स्क्वायरमा टेलीफोन भवन नजिक एउटा बहुतले बिल्डिङमा आगो लागेको थियो।
-हिस