पीएफ र ग्रेच्युटीको दाबीमा धरनामा बस्यो राईमाटाङ चियाबारीको श्रमिकहरू

be01def4-18e3-4ada-8fa0-6cf025a86fac

कालचिनीः दीर्घ १२ बर्ष भन्दा अधिक समयदेखि कमानबाट अवकाश ग्रहण गरेर बसेका राईमाटाङ चियाबारीको वयोवृद्ध श्रमिकहरूले कमानबाट आजसम्म आफूले रगत पसिना चुहाएर कमाएको पैसा नपाएको मुद्दा अघि सार्दै रिले हंगर स्ट्राइक शुरु गऱ्यो।
कुनै यूनियनबाट नभएर यो रिले हंगर स्ट्राइक साधारण श्रमिकहरूको समर्थनमा अवकाशप्राप्त श्रमिकहरूलाई समेटेर शुरु गरिएको स्थानीय यूनियन नेता राजकुमार भुजेलले जनाएका छन्। रिले हंगर स्ट्राइकमा बसेका अवकाशप्राप्त श्रमिकहरूले कागजपत्र सबै जमा दिइसक्दा पनि केही नभएपछि अब हंगर स्ट्राइकमा बसिएको र यति गर्दा पनि निसाफ नपाए आमरण अनशनमा बस्ने चेताउनी समेत दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement