कोलकाताः पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको स्वास्थ्यमा सुधार आएको छ। अलिपुरको वुडल्याण्ड अस्पतालमा उनी गत शनिवार दिउॅंसादेखि उपचाराधिन छन्।
अस्पताल सूत्रहरू अनुसार, आज स्वर सुन्दा उनले प्रतिक्रिया गरिरहेका छन्। नाम लिएर बोलाउॅंदा आफ्नो घॉंटी घुमाएर हेर्ने प्रयास पनि गरिरहेका छन्। तर, स्थिति अझै पनि चिन्ताजनक छ। अझै पनि उनलाई वेन्टिलेशनमा राखिएको छ। शारीरिक स्थिति स्थिर भए पनि अवस्था गम्भीर छ।
पारिवारिक सूत्रहरूले बताए अनुसार, उनी लामो समयदेखि ज्वरोले ग्रसित थिए। शुक्रवार उनलाई सास लिन समस्या भएको थियो र शनिवार दिउॅसो स्थिति गम्भीर भएपछि उनलाई वुडल्याण्ड अस्पतालमा भर्ती गरिएको थियो। यहॉं अस्पतालमा मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल डा. सीवी आनन्द बोस पुगेर परिवारसॅंग कुराकानी गरेका थिए र हर सम्भव मद्दतको आश्वासन दिएका थिए। विभिन्न जॉंचपछि उनलाई निमोनिया भएको थाहा लाग्यो। आठ चिकित्सकहरूको टीमले उनको स्वास्थ्यमाथि निगरानी र उपचार गरिरहेका छन्।
-हिस