सिलगढ़ीबाट पिकपकेट पक्राउ

IMG-20230528-WA0320-5-300x172-12

सिलगढ़ीः शहरको महाबीरस्थान स्थित बजारमा एक सरकारी सेवानिवृत्त कर्मचारीको पर्स चोरी भएको घटनामा सिलगढ़ी थाना पुलिसले पर्स चोरी गर्नेलाई पक्राउ गरेको छ। पक्रा परेको आरोपितको नाम गौतम राय बताइएको छ। सिलगढ़ी थाना पुलिसले आइतवार आरोपितलाई पक्राउ गरेको छ। आज सिलगढ़ी थानामा पत्रकार सम्मेलन गरी यसको जानकारी दिइयो।

उल्लेख्य, २६ जुलाईको दिन कलेजपाड़ा निवासी अमिताभ चक्रवर्ती कोर्टमोड़ स्थित एउटा ब्याङ्कबाट पेन्शन लिएर शपिङ गर्न महाबीरस्थान गएका थिए। यस अवधि उनको साथ पर्स चोरीको घटना घटेको थियो। चोरले २० हजार चोरेको थियो। घटनापछि अमिताभ चक्रवर्तीले सिलगढ़ी थानामा लिखित शिकायत दर्ता गराएका थिए। शिकायतको आधारमा जाँचमा जुटेको सिलगढ़ी थाना पुलिसले आइतवार पर्स चोर्ने गौतम रायलाई पक्राउ गऱ्यो। आरोपितलाई एनजेपी पुलिसको मद्दतले दक्षिण शान्तिनगर क्षेत्रबाट पक्राउ गरिएको थियो। आरोपितदेखि २० रूपियाँपनि उद्धार गरिएको छ। पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement