मिरिकमा हाम्रो पार्टीको सभा

IMG-20230731-WA0388.jpg

हाम्रो पार्टी भनेको जनताको पार्टी हो: सुरेश थापा

दार्जीलिङ: हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितालाई पार्टी कार्यकर्ताहरूले घर घरमा पुराउने लिए निर्णय लिएको बताइएको छ। मिरिकमा हाम्रो पार्टीको सांगठनिक सभा आज सम्पन्न भयो। उक्त सभा सुरेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सभाको सञ्चालन बीएम लिम्बु गरेका थिए। त्यसरी नै आयोजित सभामा गत केही सप्ताह अघि सम्पन्न भएको पञ्चायतमा निर्वाचित पञ्चायत समिति सदस्य अदित्य प्रधान, निर्वाचित ग्राम पञ्चायत सदस्य कल्पना देवान आदि उपस्थित थिए। आजको सांगठनिक सभामा संगठनको विस्तार, पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितालाई गाउँ गाउँमा पूराउने निर्णय लिएको बताइएको छ।

सभाध्यक्ष सुरेश थापाले हाम्रो पार्टी भनेको जनताको पार्टी हो। हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै जनताको हितमा कामहरू गर्दै आईरहेको छ। जनताको हितमा आएको राशि जनताको हितमा नै खर्चिनु पर्छ भन्ने हाम्रो पार्टीको अडान छ।भष्ट्रचारमुक्त पहाड हाम्रो पार्टीको लक्ष्य रहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement