दार्जीलिङ: मार्गरेट्स होप चिया बगानबाट ४१ परिवारहरू हाम्रो पार्टीमा सामेल भएको दाबी गरिएको छ।मार्गरेट्स होप चिया बगानको पक्का लाइनमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो। आयोजित सभामा हाम्रो पार्टीको खरसाङ महकुमा समिति अध्यक्ष सुमन बम्जन विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै टुङ सन्त मेरिज समष्टिको सचिव अमीर तामाङ, रिङटाङ शाखाको को-अर्डिनेटर अमीत राई अनि निर्वाचित ग्राम पञ्चायत सदस्य सुवास लेप्चा आदि उपस्थित रहेका थिए। आयोजित सभामा मार्गरेट्स होप चिया बगानको पक्का लाइन क्षेत्रका ४१ परिवारहरूले हाम्रो पार्टीको भिजनलाई अनि पार्टी अध्यक्ष अजय एडवर्डसको इमान्दारितामाथि आस्था र भरोसा राख्दै हाम्रो पार्टीमा सामेल भएको दाबी गरिएको छ। उक्त सभालाई सम्बोधन गर्ने क्रममा खरसाङ महकुमा समिति अध्यक्ष सुमन बम्जनले हाम्रो पार्टीले मात्र गोर्खा समुदायलाई उन्मुक्ति दिलाउन सक्छ भन्ने बताए। हाम्रो पार्टीले आफ्नो संविधानको टुप्पोमा छुट्टै राज्यको विषयलाई उल्लेख गरेको र गोर्खा जातिको जातीय मुद्दामाथि हाम्रो पार्टीले मात्र इमान्दारिता देखाएको बताए। उनले भने, हाम्रो पार्टी सत्तामा छैन। तर पनि जनताको हरेक समस्याहरूलाई समाधान गर्ने दिशामा काम गर्दै आईरहेको छ। विगतका दिनहरूमा पहाडमा तीन सयभन्दा धेर कच्चा रोडहरूको निर्माण गर्ने कार्यहरू गरिसकेको छ। यति मात्र होइन बेघर परिवारहरूलाई घरहरूको निर्माण, गरीब विधार्थीहरूलाई शिक्षा, गरीब-बिमारीरूको उपचार, गाउँ समाजहरूमा समाज घर, युवा भाइ बहिनीहरूको निम्ति खेल मैदान आदि जस्ता कार्यहरू हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले आफ्नो गोजीको पैसाले गर्दै आईरहेका छन्।