दुर्गापुर: काजी नजरुल इस्लाम विमानस्थल (केएनआईए), दुर्गापुर आज औपचारिक रूपमा उद्घाटन गरियो, एयर कार्गो आवागमनमा एक नयाँ अध्याय जोडेको छ। यहाँ विगत दुई वर्षयता कोभिड–१९ महामारीपछि विमानस्थल सञ्चालनमा निरन्तर विस्तार भइरहेको छ। हाल, विमानस्थलले दिल्ली, मुम्बई (दुई उडान), चेन्नई, हैदरावाद र बेंगलुरुबाट दैनिक छवटा उडानहरू सञ्चालन गर्दछ। यी सबै रुटमा हालको यात्रुको चाप ९० प्रतिशतभन्दा बढी छ। दुर्गापुर विमानस्थलमा नवनिर्मित कार्गो टर्मिनलमा एक्स-बीआईएस मेसिन, सीसीटीभी निगरानी, फायर फाइटिंग सिस्टम, कार्यालय र अन्य सुविधाहरू छन् जसले एयर कार्गोको सहज आवतजावतमा मद्दत गर्नेछ। काजी नजरुल इस्लामधाम विमानस्थल (केएनआईए), दुर्गापुरमा यो नयाँ टर्मिनल यसको अपरेटर, बंगाल एरोट्रोपोलिस प्रोजेक्ट्स लिमिटेडद्वारा निर्माण गरिएको हो। यहाँबाट कार्गो सञ्चालन शुरु गर्न आवश्यक नियामक स्वीकृति लिइसकेको छ। यो कार्गो टर्मिनल सञ्चालनमा आएसँगै विमानस्थलको व्यापार बढ्नुका साथै विमानस्थलले थप आम्दानी पनि गर्नेछ। नयाँ कार्गो टर्मिनलको उद्योग, वाणिज्य तथा उद्यम विभागका प्रभारी माननीय मन्त्री डा. शशि पञ्जाले उद्घाटन गर्नुभएको थियो।

यस अवसरमा बेङ्गाल एरोट्रोपोलिस प्रोजेक्ट्स लिमिटेडका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत श्रीमती अन्जु मडेकाले भनिन्, “यस कार्गो टर्मिनलले देशका अन्य भागहरूसँग छिटो व्यापार र सामानको सहज आवतजावत गर्न मद्दत गर्नेछ। भित्री र बाहिरी कार्गो आवतजावतको धेरै सम्भावना छ। यहाँबाट मुख्यतया फलफूल, तरकारी, माछा, माछाको बीउ, बंगाली मिठाई, ई–कमर्स, औषधि, औषधिको नमूना, मेसिनरी पार्टपुर्जा आदि सार्ने अपेक्षा गरिएको छ। एक अध्ययनअनुसार आगामी ८–१० वर्षमा कार्गो आवागमन २५ हजार मेट्रिक टन पुग्ने सम्भावना छ। दुर्गापुर विमानस्थलमा यो नयाँ कार्गो टर्मिनलको उद्घाटन समारोहमा उपस्थित एक कार्गो एजेन्ट भन्छन्, “काजी नजरुल इस्लापाम विमानस्थल (केएनआईए), दुर्गापुर यस्तो स्थानमा छ जहाँबाट यसले यस क्षेत्रमा कार्गो व्यवसायलाई गति दिनेछ। अत्याधुनिक सुविधाले सुसज्जित यस कार्गो टर्मिनलको उद्घाटन यस दिशामा महत्वपूर्ण कदम हो। यो विमानस्थल राष्ट्रिय राजमार्गको नजिक भएको र आवतजावतको लागि कुनै समय बाधा नभएकोले, यो एयर कार्गो, विशेष गरी नाश हुने वस्तुहरू ओसारपसार गर्न प्रयोग गर्न सकिन्छ। यो कार्गो टर्मिनलले समयमै ढुवानी खर्च पनि बचत गर्नेछl’ यो कार्गो टर्मिनल लजिस्टिक उद्योगको बढ्दो आवश्यकताहरू पूरा गर्ने सहज सञ्चालनलाई ध्यानमा राखेर निर्माण गरिएको हो।