अलिपुरद्वारमा चार लेन सडकको काम पुनः सुरु गर्न माग गर्दै एनएच व्यवस्थापनलाई ज्ञापनपत्र

9345cd86-482c-479d-98fc-36fb021799a0

अलिपुरद्वार: चार लेन सडकको काम रोकिएको छ। अलिपुरद्वारको सालासलाबारीदेखि फालाकाटासम्मको ४१ किलोमिटर सडक अहिले नाजुक अवस्थामा छ। आज अलिपुरद्वार टाउन ब्लक तृणमूल कांग्रेसले भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणको कार्यालय घेराओ गरेर विरोध कार्यक्रम आयोजना गरेको छ।


अलिपुरद्वारका पूर्व विधायक सौरभ चक्रवर्तीले गुनासो गरे कि २०१९ मा केन्द्र सरकारले अलिपुरद्वारको सालासलाबारीदेखि सिलगढीको घोषपुकुरसम्म १४० किलोमिटर सडकको काम धेरै धुमधामका साथ सुरु गरेको थियो। अहिले ३० किलोमिटर पनि पूरा भएको छैन। बाटो खराब छ। त्यही भएर आन्दोलनमा सहभागी भएका हौँ। सडकको काम तत्काल सुरु नगरिए ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement