निम्न सोनादामा गोर्खा राष्ट्रिय नारी संगठन गठन

IMG-20230731-WA0378.jpg

सोनादा: निम्न सोनादा गोर्खा राष्ट्रिय नारी संगठनको एक जरुरी सभा पार्टी कार्यालय घले गाउँमा सम्पन्न भएको छ। सांङ्ठनिक विस्तारलाई तीब्रता दिनको निम्ति निम्न सोनादाका शाखा प्रशाखाहरुलाई लिएर गोरानासं गठन गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। गोरामुमो केन्द्रीय समिति सदस्य अरुण राई, गोरायुमो केन्द्रीय समिति कोअर्डिनेटर संजोक गुरुङ, समष्टि गोरायुमो अध्यक्ष विकास सुब्बा सचिव प्रविन राई, प्रनित राई देवराज राई, दिपु मुखिया लगायत समष्टि अनि शाखा प्रशाखाका प्रतिनिधि उपस्थितिमा बसेको सभामा निम्न सोनादाबाट धेरै नारीहरुको उपस्थिति रहेका थिए। सभामा सर्वसहम्मतिले रञ्जना राईलाई अध्यक्षा पदमा चयन गरियो। यसै गरी उपाध्यक्षामा स्मिता तामाङ, मूल सचिवमा जयन्ती तामाङ, सह सचिवामा असरी राई चयन गरिएका छन् भने कोषाध्यक्षामा कविता सुब्बा अनि नुरजा राई चयन गरिएका छन् साथै पन्ध्र जनाको कार्यकारिणी सदस्याहरु पनि चयन गरेका छन्। नवगठित प्रतिनिधिवर्गलाई केन्द्रीय समिति सदस्य अरुण राई, संजोक गुरुङ अनि समष्टिका प्रतिनिधिवर्गले खदा लगाएर बधाई दिन्दै स्वागत जनाए। यसको साथै अरुण राईले निम्न सोनादा गोरानासं युनिट गठन भएकोमा सबैलाई बधाई दिन्दै सबै मिलेर कार्य गर्न पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने यति मात्र होइन राजनीति भनेको राजनैतिक दल मात्र होइन तर गाउँ समाजलाई जोड्ने पनि हो। यसैकारण अबको समय धेरै महत्त्वपूर्ण छ। सबै एकसाथ जोडिनुपर्छ अध्यक्ष मन घिसिङको हात बलियो बनाउनु पर्छ कारण गोरामुमो भनेको मुद्दाको निम्ति जन्मेको दल हो र हामी पार्टी भन्दामाथि उठेर जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गरिरहेका छौँ भनी अरुण राईले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement