येलुङ डाइगोनोस्टिक एन्ड पोली क्लिनिक मङपुको भव्य उद्घाटन

20-27-03-man1.jpg

मङपु: आज येलुङ डाइगोनोस्टिक एन्ड पोली क्लिनिकको उद्घाटन मङ्पुको नाली डाँडामा भएको छ। बस स्ट्यान्ड नजिक रहेको यस क्लिनिकको उद्घाटन भुपाल थापाको बाहुलीबाट गरिएको थियो। यस क्लिनिकमा अब उसो रोगीहरूले रक्त जाँच, मुत्र जाँच, ईसीजी तथा अन्य जाँचहरू सुलभ मुल्यमा गन सक्ने केन्द्रका प्रमुख माया राईले बताएकी छन्। गाउँ बस्ती कमान तथा मङपु वरिपरिका मानिसहरूको सुविधाको निति खोलिएको यस क्लिनिकले सबैलाई सेवा पुऱ्याउने कुरोमा क्लिनिक प्रमुख माया राई विश्वस्त छन्‌। यस येलुङ डाइगोनोस्टिक एन्ड पोली क्लिनिकमा सप्ताहमा एक दिन स्त्री रोग विशेषज्ञ अनि फिजिसियन पनि बस्ने थप जानकारी दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement