सिलगढीमा पठन महोत्सव २०२३ आयोजित

d49ea447-c971-4217-a30b-12e2cab4de31

सिलगढी: प्राथमिक विद्यालयहरूमा पुस्तक पढ्ने बानी जगाउन पश्चिम बंगालको शिक्षा मन्त्रालयको सर्व शिक्षा अभियानले प्राथमिक विद्यालयहरूमा पठन महोत्सव २०२३ आयोजना गरेको छ। महानगरपालिकाका वार्ड नं २३ का पार्षद लक्ष्मी पालले कोरोनापछि विशेषगरी बालबालिकामा मोबाइल फोनप्रति बढी आकर्षण बढेको भन्दै बालबालिकालाई मोबाइल फोनको लत नफैलियोस् भन्ने उद्देश्यले पुनः पुस्तकतर्फ आकर्षित गर्न यो पहल गरिएको बताउनुभयो। वार्ड नम्बर २३ स्थित उदयन कालोनी प्राथमिक विद्यालयमा सोमबार पठन महोत्सव २०२३ मनाइएको छ। कार्यक्रममा वार्ड पार्षद लक्ष्मी पाल, प्रख्यात समाजसेवी बब्लु पाल, प्राथमिक विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement