गान्तोकः राज्य सरकारको पर्यटन विभागका सचिव प्रकाश छेत्री लगायत मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङचुक लेप्चाको अध्यक्षतामा डर्टी एन्जल्स मोटरसाइकल क्लबको एक सभा विभागको प्रेक्षागृहमा सम्पन्न भयो। पाँच माइलस्थित पर्यटन विभागको प्रेक्षागृहमा सम्पन्न भएतो सभामा डर्टी एन्जलस मोटरसाइकल क्लब २०१० मा सिक्किम राज्यमा पहिलो दर्ता गरिएको बाइकर गैर सरकारी संस्था रहेको जानकारी गराइयो।
यस क्लबले देशभरिका विभिन्न परोपकारी परियोजनाहरूमा सहयोग गर्दै आएको साथै नेपालमा वर्ष २०१३ मा आएको भूकम्पका पीडित परिवारलाई पनि सहयोग गरेको बताइयो। बैठकको मुख्य उद्देश्य सिक्किममा साहसिक पर्यटन प्रवर्द्धन, ग्रामीण पर्यटन प्रवर्द्धन र राज्यमा होमस्टेको बारेमा छलफल गर्नु रहेको थियो।