सिलगढी: सिलगढीको महावीरस्थानमा एक व्यक्तिको झोलाबाट पेन्सनको पैसा चोरी गरेको आरोपमा सिलगढी थानाको पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ। जुलाई २६ मा कलेजपाडाका अमिताभ चक्रवर्ती बैंकबाट पेन्सनको पैसा लिन महावीरस्थान बजार गएका थिए। त्यसपछि एक युवकले उनलाई धकेले। चोरले झोलामा हात हालेर धकेलेर २० हजार रुपियाँ लिएर भागे।
घटनापछि सिलगढी पुलिस थानामा उजुरी दर्ता भएको थियो। सिलगढी थानाको पुलिसले आइतबार गौतम राय नामका एक व्यक्तिलाई पक्राउ गरेको छ। आरोपितलाई एनजेपी पुलिस थानाको सहयोगमा दक्षिण शान्तिनगर इलाकाबाट पक्राउ गरिएको हो। उनको साथबाट लुटिएको २० हजार रुपियाँ पनि बरामद भएको छ।