पिकअप भ्यान दुर्घटनामा ८ जना घाइते

IMG-20230731-WA0286.jpg

उत्तर दिनाजपुर: इस्लामपुरमा राष्ट्रिय राजमार्गमा बोलेरो पिकअप अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको छ। यस घटनामा ८ जना गम्भीर घाइते भएका छन्। स्थानीय स्रोतका अनुसार झारखण्डको नक्सलबारीबाट बाबाधाम जाँदै गर्दा राष्ट्रिय राजमार्ग ३१ को छेउमा रहेको इस्लामपुर बाइपासको घोरमारा क्षेत्रमा बोलेरो पिकअप पल्टिएको हो। स्थानीयले तत्कालै घाइतेलाई इस्लामपुर डिभिजनल अस्पताल पुर्याएका थिए। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement