कालचिनी: गत जुन महीनामा श्रीनगर काम गर्न गएको एकजना साताली नाकाडाला निवासी ६२ बर्षीय वृद्धा काम नपाएर पुनः घर फर्कने भनि गत १३ जुनको दिन जम्मु फर्कि आएको थियो भने जम्मुबाट लोहित एक्सप्रेसमा चढ़ेर आइरहेको क्रममा आजसम्म तिनी घर नआईपुग्दा परिवारमा चिन्ता बढ़ेको थियो।
यस क्रममा परिवारबाट भाञ्जा राजु उराउँले कालचिनी थानामा मामा चुईया उराउँ निखोज भएको प्राथमिकी दर्ता गरेको जनाएका छन्। राजु उराउँले अझै बताएअनुसार मामा चुईया उराउँ कामको खोजीमा श्रीनगर पुगेको थियो। तर त्यहाँ तिनले त्यहाँ भने जस्तो काम नपाउँदा घर फर्कि आउने भनेर १३ जुनको दिन रेल चढ़ेर जम्मु आईपुगेका थिए।
जम्मूबाट फेरि १४ जुनको दिन लोहित एक्सप्रेसमा चढ़ेर आइरहेको क्रममा तिनी निखोज भएको छ। गत १७ जुनको दिन नै लोहित एक्सप्रेस पटनामा आईपुग्दा आन्दोलनकारीहरूले आगो झोसेको थियो उक्त आगलागीमा के भयो कसैलाई थाह नभएको र आजसम्म मामा चुईया उराउँ घर नआइपुगेकोले प्राथमिकी दर्ता गरेको राजु उराउँले बताएका छन्।










