मणिपुरमा भएको घटनाको विरोधमा राज्य सरकारी कर्मचारी महासंघको जुलुस

8197179b-53d6-4388-a5d8-3ec111736d35

जलपाइगढी: पश्चिम बंगाल राज्य सरकारी कर्मचारी महासंघको जलपाइगढी शाखा मणिपुरमा भएको घटनाको विरोधमा सडकमा निस्कियो। संगठनले विरोध र्‍याली निकालेको छ। जुलुसमा महिलाहरूको उपस्थिति उल्लेख्य थियो। आज जिल्ला तृणमूल कार्यालय बाबुपाडा अगाडिबाट सुरु भएको जुलुस शहरका विभिन्न चोक परिक्रमा गरी कदमतलामा समापन भएको थियो। त्यहाँ वक्ताहरूले मणिपुरको भयानक घटनाको विरोध गरे। महासंघका अध्यक्ष सञ्जय सिंह रोयले मणिपुरका महिलामाथि हुने अत्याचार अत्यन्तै निन्दनीय रहेको बताए। हामी यसको निन्दा गर्छौं। म यस घटनामा प्रधानमन्त्रीको बयान माग गर्दछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement