अलिपुरद्वार: डुअर्स ग्रीन वेलफेयर अर्गनाइजेसनको पहलमा र सिलिगुडी ग्रेटर लायन्सको सहयोगमा काल्चिनी ब्लकको हमिल्टनगञ्ज नेताजीपल्ली क्षेत्रमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको थियो। शिविरमा आँखा जाँचका साथै निशुल्क औषधि र चश्माको समेत व्यवस्था गरिएको थियो। यस शिविरमा वरपरका क्षेत्रका मानिसहरु पनि आँखा जाँचका लागि आएका थिए। संस्थाकी अध्यक्ष राखी दत्तले भनिन्, ‘कार्यक्रममा करिब २ सय जनाको आँखा जाँच गराइएको छ, भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ।