सिलगढीमा देवल लेखन कार्यक्रममा त्रिणाङ्कुर भट्टाचार्य

IMG-20230731-WA0298.jpg

सिलगढी: आगामी २८ जुलाईको दिन तृणमूल छात्र परिषदको स्थापना दिवस हो। यसैले तृणमूल छात्र परिषद – का राज्य अध्यक्ष त्रिणाङ्कुर भट्टाचार्यले आज सिलगढीमा देवल लेखन कार्यक्रम गरे। प्रत्येक वर्ष झैँ यस वर्ष पनि राज्यभरिमै तृणमूल छात्र परिषदका कार्यकर्ता तथा समर्थकहरूले स्थापना दिवस पालन गर्नेछ। २८ अगस्त अगावै जलपाईगढीमा एउटा सांगठनिक बैठकमा अंश ग्रहण गर्नको लागि तृणमूल छात्र परिषद्का राज्य अध्यक्ष त्रिणाङ्कुर भट्टाचार्य आज कोलकाताबाट विमानमार्फत् बाघडुग्रा विमान अड्डामा आइपुगेका छन्।

जलपाईगढी जान अगावै तिनले आगामी २८ अगस्तको कार्यक्रमलाई लिएर दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषदका कार्यकर्ता तथा सदस्यहरूलाई प्रोत्साहित गर्ने उद्देश्य लिएर कलेजपाडामा देवाल लेखन कार्यक्रममा अंश ग्रहण गरे। देवाल लेखन कार्यक्रम समाप्त गरेपछि तिनी सोझै जलपाईगढीतर्फ प्रस्थान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement