मणिपुर घटनालाई लिएर खरसाङमा मौन विरोध प्रदर्शन

IMG-20230731-WA0333.jpg

खरसाङ: मणिपुर घटनाको विरोध गर्दै मानव अधिकार एसोसिएशन खरसाङ शाखा र भानु वेलफेयर अर्गनाईजेशन खरसाङको संयुक्त आयोजनामा आज खरसाङमा मौन विरोध प्रदर्शन गरेका छन्। खरसाङको मोटर स्ट्याण्डमा सम्पन्न उक्त विरोध प्रदर्शनमा मानव अधिकार एसोसिएशन भारतको खरसाङ शाखा र भानु वेलफेयर अर्गनाईजेशनका सदस्य सदस्याहरूले विभिन्न प्लकार्डहरू लिएर मणिपुर घटनाको विरोध गरेका थिए। मणिपुर घटनाको विरोधमा रैली निकाल्ने अनुमति नपाए पनि दुवै संस्थाले मोटर स्ट्याण्डमा भेला भएर विभिन्न प्लकार्डहरू लिएर मौन विरोध प्रदर्शन गरेका थिए। प्लकार्डहरूमा ‘मणिपुरमा हिंसा रोकिनुपर्छ’, ‘महिला हिंसा रोकिनुुर्छ’, ‘न्याय पाउनु ढिलो हुनु हुँदैन’, ‘महिलाको शरीर युध्दको मैदान होइन’ ‘मणिपुर घटनाका दोषीहरूले सजाय पाउनुपर्छ’, ‘मणिपुरमा भएको बर्बर घटनाको विरोध जनाउँदछौं’, मणिपुर घटनाका पिढीतहरूले झट्टै न्याय पाउनुपर्छ’ जस्ताहरू कुराहरू लेखिएको प्लकार्डहरू लिएर मौन प्रदर्शन गरिएको थियो। मणिपुर घटना विषयमा खरसाङमा गरिएको मौन विरोध प्रदर्शन विषयमा मानव अधिकार एसोसिएशन खरसाङकी अध्यक्ष सरोज चौहानले पत्रकारहरूसित कुराकानी गर्दै मणिपुरमा भएको घटनाको विरोध गर्नलाई आज हामीले मौन विरोध प्रदर्शन गरेको बताइन्। उनले भनिन् -‘रैलीको अनुमति नपाएर यसरी विरोध जनाएको बताउँदै मणिपुरमा मानवधिकारको हनन भएको छ। हामी मणिपुर सरकार र केन्द्र सरकार समक्ष मणिपुरमा मानवधिकार हनन नहोस् साथै मानवको सुरक्षा हुनुपर्छ भनी मांग गर्दछौं। यसको लागि सरकारले सुरक्षा दिनुपर्छ। मणिपुरमा भएको घटना जस्तै घटना यहाँ नभएको होस्। मणिपुरमा मानवाधिकारको टोली पुगेको छ।’

त्यसरी नै भानु वेलफेयर अर्गनाईजेशनकी सदस्या सुष्मा सुब्बाले पत्रकारहरूसित कुराकानी गर्दै मणिपुरमा घटेको अमानवीय घटनाको विरोध गर्नलाई यहाँ हामी भेला भएको बताएकी छन्। उनले मणिपुरको जस्तो घटना अरुतिर नभएको होस् भनी बताउँदै मणिपुर घटनाको दोषीहरूलाई पक्राउ गरेर दण्ड दिनुपर्छ भनी मांग गरेकी छन्। यस मौन विरोध प्रदर्शनमा भानु वेलफेयर अर्गनाईजेशनको पक्षमा सभापति शशि थापा, सचिव अमृता शर्मा लगायत अन्य सदस्याहरू उपस्थित थिए भने मानवाधिकार एसोसिएशनको पक्षमा सभापति सरोज चौहान, उप सभापति संगीता प्रधान, कोषाध्यक्ष सर्व आलम, सह कोषाध्यक्ष आनन्द मोहन झा लगायत अन्य सदस्य सदस्याहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement