सन्त जेभियर्स स्कूल दिलरामकी अवकाशप्राप्त शिक्षिका प्रनिता मुखियालाई स्कूलबाट सम्बर्ध्दना

IMG-20230731-WA0374.jpg

खरसाङ: दिलरामको सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयमा शिक्षिका प्रनिता मुखियाको बिदाई अनि सम्बर्ध्दना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम विद्यालयको प्रधान अध्यापक अनिल शर्माको अध्यक्षता र सह शिक्षिका सुधा राईको सञ्चालनमा सम्पन्न भएको छ। अंग्रेजी विषयकी शिक्षिका प्रनिता मुखियाले १९ मई सन् १९९३ सालमा यस विद्यालयमा शिक्षिकाको रूपमा कार्य थालेर ३० वर्ष २ महिना १२ दिन शिक्षिकाको रूपमा कार्य गरी आज ३१ जुलाई २०२३ देखि अवकाशप्राप्त भएकी हुन्। यस अवसरमा सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयको विद्यार्थीहरू र शिक्षक शिक्षिकाहरूले नृत्य, गीत आदि प्रस्तुत गरेका थिए। यस अवसरमा अवकाशप्राप्त शिक्षिका प्रनिता मुखियालाई स्कूलको पक्षबाट सम्बर्ध्दना जनाइएको थियो। यस अवसरमा उनलाई खदार्पणसहित मायाको चिनो स्मृति चिन्ह र सम्बर्ध्दना पत्र प्रदान गरेर सम्बर्ध्दना जनाइएको थियो।

कार्यक्रममा बिदाई शिक्षिका प्रनिता मुखियाले सम्बोधन गर्दै आफ्नो कार्यकालको अन्तिम दिन पनि स्कूलमा कार्य गरेर बिदाई भएको अनि मसितै कार्य गर्ने सबै शिक्षक शिक्षिकाहरूलाई सधैं सम्झनामा राख्ने बताइन्। उनले स्कूलले आफुलाई मान सम्मान दिएको र जीवनभरि स्कूल र शिक्षक शिक्षिकाहरूलाई सम्झने बताइन्। यस सम्बर्ध्दना कार्यक्रम विषयमा सन्त जेभियर्स स्कूलको प्रधान अध्यापक अनिल शर्माले पत्रकारहरूसित कुराकानी गर्दै आज स्कूलले अवकाशप्राप्त शिक्षिका प्रनिता मुखियालाई बिदाई होइन सम्बर्ध्दना दिइएको बताउँदै उनले स्कूलप्रति दिएको योगदानको लागि सम्बर्ध्दना जनाइएको बताए। शर्माले शिक्षिका प्रनिता मुखियाले यस स्कूलमा 30 वर्ष २ महिना र १२ दिन कार्य गरी विद्यार्थहरूलाई शिक्षा दि बताउँदै उनको मेहनत, परिश्रम र लगनशीलताको साथमा स्कूलमा योगदान दिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement