दिल्लीमा किताब जात्रा सम्पन्न

00-1-A-IMG-20230731-WA0266

नयाँ दिल्ली: आइतबार (३० जुलाई २०२३) किताब जात्रा दिल्लीको पीएचडी, चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री हलमा सम्पन्न भयो। कार्यक्रमको प्रमुख अतिथि भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मा थिए भने विशिष्ट अतिथिमा नेपालका लागि पूर्वराजदूत रन्जित रे र मन्जिभसिंह पुरी थिए। दुवै देशको राष्ट्रिय गीतका साथ सुर भएको कार्यक्रमको अध्यक्षता गर्दै स्वागत भाषण किताब जात्राका निर्देशक ऋषिराम अधिकारीले गरे भने उद्घोषकको कार्य समा थापाले गरिन्।

भारतमा रहेका नेपाली साहित्यको अवस्था र दार्जीलिङ, सिक्किम बाहेक बालबालिकालाई पढ्ने नेपाली स्कूल, कलेजको अभाव रहेको जानकारीसहित शुभकामना दिने काम प्रवासी नेपाली संघ भारतका अध्यक्ष नारायण होमेमगाईले गरेका थिए। सम्बोधनको क्रममा पूर्वराजदूत मन्जिभसिंह पुरिले विद्युतको क्षेत्रमा नेपाल, भारत र बङ्लादेशलाई लिएर कार्य भइरहेको कुरा बताए। नेपाली विध्यार्थीलाई आफ्नो भाषामा अध्ययनको खाँचो रहेको महसुस गर्दै स्कूल नभएको क्षेत्रमा नेपाली बालबालिकालाई छुट्टीको समयमा सामुदायिक हलहरूमा राखेर पनि  अध्ययन गराउनु पर्ने कुरा औल्याउँदै पूर्वराजदूत रन्जित रेले बताए। यस्तो काम भारतीयहरूद्वारा अमेरिका, इंग्ल्याण्ड र अनन्य राष्ट्रमा पनि भएको बताए।

कार्यक्रममा जय निशान्तले भारत र नेपालकाेबिच धेरै अवसरहरू रहेकाले त्यता ध्यान दिनुपर्ने बताए। त्यसपछि अतुल ठाकुरले अध्यक्षता गरेको प्यानल डिस्काशनमा थिए माथि उल्लेखित राजदूतहरू, लेखक दिपक शंजबा राणा, अनुवादक अनुराग बस्नेत, वरिष्ठ पत्रकार कादम्बिनी शर्मा। त्यस्तै उद्यमको बाटो छलफलमा नेपालका टेलिभिजन पत्रकार टिकाराम यात्री र सिद्धार्थ हस्पिटलिका चेयरमेन लक्ष्मण न्यौपाने। यात्रीले नेपालको सिद्धार्थ ग्रुपले भारतमा र भारतओ ‘वाउ मोमो’ले नेपालमा व्यवसाय शुरु गरेको चाँडै देख्न पाइयोस् भनेर शुभकामना दिए। त्यसपछि विष्णु बहादुर गुरुङले अध्यक्षता गरेको ‘जीवनमा आख्यान र आख्यानमा जीवन’ भन्ने प्यानलमा थिए लेखक नयनराज पाण्डे, सरस्वती प्रतिक्षा र पत्रकार बसन्त बस्नेत। अन्तिममा  कवि विप्लव र सायर इर्फानको छलफल कविता पाठको साथ थिए भने भरत रिजालले धन्यवाद ज्ञापन गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *