टेबल टेनिसमा विनित प्रधान र स्नेहा विश्वास च्याम्पियन

IMG-20230731-WA0316.jpg

३१ जुलाईः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आइतवार टेबल टेनिस प्रतियोगिताको आयोजन गरियो। सेण्ट अल्फन्सस स्कूलको इण्डोर हलमा भएको यस प्रतियोगिताको मेन्स ओपन वर्गमा विनित प्रधान च्याम्पियन र याकुब तामाङ रनरअप् रहे। यसरी गर्ल्स ओपन वर्गमा स्नेहा विश्वास च्याम्पियन र सुभश्री गुहा रनरअप् भइन्। यी दुवै सिलगढ़ीकी खेलाड़ी हुन्। यसरी अण्डर-१७ बोइजमा नेरुम लेप्चा च्याम्पियन र प्रतीक घतानी रनरअप् भए। अण्डर-१७ बोइजमा नेडुप लेप्चालाई सर्वश्रेष्ठ उदीयमान खेलाड़ी चयन गरियो। यसरी गर्ल्स ओपनमा सम्भावी वाल्मिकी शर्मालाई सर्वश्रेष्ठ उदीयमान खेलाड़ी चयन गरियो। प्रतियोगितामा तीनवटा वर्गमा जम्मा १०३ जना प्रतियोगीले हिस्सा लिएका थिए। यसअघि एसोसिएशनले ब्याडमिण्टन र क्यारम प्रतियोगिताको पनि आयोजन गरेको थियो। टेबल टेनिस प्रतियोगिताको समापनपछि एसोसिएशनले दुईवटा आउटडोर प्रतियोगिता (इण्डिपेण्डेन्स डे फूटबल र म्याराथन)-को पनि आयोजन गर्ने केजीएचएसए-का महासचिव निर्मल गुरुङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement