३१ जुलाईः सिलगढ़ीको इचिबान कराते एकाडमीका खेलाड़ीहरूले कलकत्ताको नेताजी इण्डोर स्टेडियममा भएको सातौं इण्टरनेशनल कराते च्याम्पियनशीपमा असल प्रदर्शन गर्दै २ वटा स्वर्णसहित जम्मा १२ वटा पदक जिते।

मुख्य प्रशिक्षक सेन्सी रिजोंग तामाङ अनि सहायक प्रशिक्षक सेन्सी उत्तम बावरीको मार्गदर्शनमा च्याम्पियनशीपमा हिस्सा लिने एकाडमीका खेलाड़ीहरूमा रुही यादव र सुजल विश्वकर्माले स्वर्ण पदक जिते। यसरी नै जेनेसिस राई, सुभाञ्जली बागदास र आकांक्षा सेनले रजत पदक जिते।

काँस्य पदक जित्नेहरूमा सोमनाथ कर, मिंगमा शेर्पा, रुही यादव, नितिन यादव (दुईवटा), धीरज थामी र अंकिता सन्यासी सामेल छन्। यसरी राज प्रधानले इण्टरनेशनल ऱ्यांकिंगमा पाँचौं स्थान हासिल गरे।