सिलगढी पुलिसद्वारा अवैध रुपमा मदिरा बेचेको आरोपमा तीनजना पक्राउ

सिलगढी: आज प्रधाननगर थानाले इलाकामा अवैध रुपमा मदिरा बेचेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ गरेर तीनैजनालाई अदालतमा पेश पनि गरेको छ।पक्राउ पर्नेहरूमा सिलगढी निवासी अमित गुप्ता,निशान्त सुब्बा र उमेश मण्डल सामेल छन्। यस इलाकाका केही दोकान र होटलको नाममा अवैध मदिरा बिक्री गरिरहेको खबर पाएपछि सिलगढी प्रधाननगर थानाका पुलिसबलले दुइ दिनदेखि भिन्न भिन्न ठाउँहरूमा अभियान चलाएर मदिरासहित तीन जनालाई पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement