राज्यसभाको कार्यवाही स्थगित

Rajyasabha-copy

नयाँ दिल्ली: मनसुन सत्रको आठौं दिन सोमबार, विपक्षीहरूले संसदमा मणिपुरको मुद्दा उठाए। संसदको कार्यवाही शुरु हुनासाथ हंगामाका कारण दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। यो विषय राज्यसभामा उठेपछि सरकारले आजै छलफल गर्न तयार रहेको बताएको थियो। ‘यस विषयमा दिउँसो २ बजे छलफल हुनुपर्छ’, राज्यसभा सांसद पियुष गोयलले भने, ‘विपक्ष छलफलबाट भागिरहेको छ, सत्य बाहिर आउन दिइरहेको छैनl’ विपक्षी सांसदहरू प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइमा अड्किए। हंगामापछि राज्यसभाको बैठक पनि दिउँसो १२ बजेसम्मका लागि स्थगित भएको थियो।

केन्द्रीय मन्त्री अनुराग ठाकुरले भने, ‘म विपक्षी दललाई सदनमा आएर छलफल गर्न अपिल गर्दछु, यदि सडकको बारेमा मात्रै छलफल गर्न चाहन्छ भने निर्वाचित जनताले सदनमा के गर्ने, यी जनताले राजनीति मात्रै गरिरहेका छन्। गृहमन्त्री अमित शाहले लगातार ४ पटक मणिपुरको भ्रमण गरि त्यहाँको अवस्थाको निरन्तर अनुगमन गरिरहेका छन्, सदनमा छलफलबाट किन भागिरहेका छन्, अविश्वासको प्रस्तावमाथिको छलफल अध्यक्षले चाहेपछि हुन्छl’ इण्डियन नेशनल डेभलपमेन्ट इन्क्लूसिभ अलायन्स (आईएनडीआईए)का सांसदहरू मणिपुरको २ दिने भ्रमणमा गएका छन्। उनी दिल्ली फर्किसकेका छन्। सोमबार बिहान विपक्षी दलको बैठकमा उनले मणिपुरको अवस्थाबारे बताए।

​​कांग्रेस सांसद मणिकम टैगोरले भने, ‘आईएनडीआईए पार्टी नेताहरूको बैठक भइरहेको छ। मणिपुर भ्रमण गरेको प्रतिनिधिमण्डलले मणिपुरमा देखेका कुराबारे जानकारी गराइनेछ। अविश्वासको प्रस्ताव ल्याइए पनि प्रधानमन्त्री मोदी संसदमा आउन तयार छैनन्। मणिपुर गएका आईएनडीआईएकी सांसद फुलोदेवीले पीडितले पुलिस उपस्थित छ भन्दै केही नगरेको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement