सिलगढी: भारतीय गोर्खा परिसंघ (भागोप)को सिलगढी क्षेत्रीय समितिको मासिक सभा शनिबार सम्पन भयो। सभामा गहन विषयमा सरसल्लाह गरेर यस बर्षको नेपाली भाषा मान्यता दिवसको आयोजना सिलगढी क्षेत्रीय समितिले गर्ने निर्णय लिएको छ। भाषा दिवसको अवसरमा सिलगढी क्षेत्रको छेउ छाउमा रहेका नेपाली उच्च विद्यालयका एक एकजाना छात्र-छात्राहरुलाई निम्त्याएर नेपाली भाषा माथि वक्तव्य प्रस्तुत गर्न लगाएर निर्णय मण्डलीको निर्णयअनुसार प्रथम, दोस्रो, अनितेस्रो हुने वक्ताहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको छ।
भागोपका आजीवन सदस्यहरूको खोजी गरी त्येस कार्यक्रममा उपस्थित गराउने उदेश्य राखिएको छ। नेपाली भाषाको आन्दोलन मा कलकत्तामा पुगेर १९८३ मा भोक हडतालमा भाग लिने तत्कालिन युवाहरुलाई त्येस कार्यक्रममा उपस्थित गराउँने र कदर पत्र प्रदान गरी सम्मान जनाउँने निर्णय लिएको छ। सभामा सुझाव राख्नेहरूमा रेणु सुब्बा, नुतन लिम्बु, ममता राई, श्रद्धा तामाङ, सुधा सुब्बा, कर्णेल सञ्जय मणि प्रधान, अभय अधिकारी, गणेश प्रधा चुनन र बीबी विश्वकर्मा थिए। सिलगढी क्षेत्रीय समितिको अध्यक्ष गणेश प्रधानको अध्यक्षतामा सम्पन्न भएको सभालाई सचिव अभय अधिकारीले संचालन गरेको साथै यस वर्षको बलिदान दिवस पनि आयोजना गर्ने समाचार प्राप्त भएको छ।