कालेबुङ: शनिबार दार्जीलिङ धर्मप्रान्तीय नारी संघको सभा आठ माइल, कालेबुङमा संघका सभानेत्री जेनिफर छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। आउँदै गरेका सन्त मोनिकाको पर्व, धर्मप्रान्तीय स्तरका वाषिर्कोत्सव सम्पन्न गर्नपर्ने विषयमा चर्चा-परिचर्चा गरियो। ‘वर्तमान परिवेशमा नारीहरूको आध्यात्मिक जीवन स्तर’ मूल विषय तय गरियो। कालेबुङका सभासद् श्रीमती सिनोरा नाम्चु वक्ता अनि श्री राजेन व्यानर्जीसँग पनि सम्पर्क गरेर उहाँलाई अर्का वक्ता छनौट गरिएको छ। नारी संघको काममा केही वर्ष अघिदेखि नै सक्रिय रूपमा लागि परिरहेकी कालेबुङकी बुहारी सभासद् सिनोरा नाम्चुको पनि उपस्थिति रहेको कारण नारीहरू धेरै खुशी भएका बताए।
सभामा अन्य विषयहरूको छलफल गर्न परे तापनि मणिपुरको दु:खद घटनाले सबैको मन दु:ख लागेको बताए। यस्तो दु:खदायी घटनाको प्रतिवाद गर्दै आएका भए तापनि अझ प्रार्थना गर्दै जाने सभानेत्री जेनिफर छेत्रीले सबै नारीहरूलाई आह्वान गरिन्। धर्मप्रान्तीय नारी संघका सदस्याहरू धेरै संख्यामा भेला भएका थिए भने सबैले आ-आफ्नो परिचय एका-अर्कामा बाड्चुड गरे। संघकी सचिव बेन्जामिन मीना तामाङले गत् सभाको प्रतिवेदन पठन गरिन् भने कोषाध्यक्ष विद्या सिंहले आय-व्ययको बारेमा सभालाई जानकारी गराइन्। धर्म प्रान्तीय नारी संघलाई बलियो र सक्रिय बनाउन पूर्व सभानेत्री रेजिना भोटियाले जाआहवान गरिन्।
सभामा धर्मप्रान्तीय नारी संघका फाउण्डर मेम्बरहरूको पनि उपस्थिति रहेको थियोl सीबीसीआईका सचिव रेजिना भोटिया ,वर्तमानका सीबीसीआइका सचिव आन मेरी जसोदा राई, सुमित्र थुलुङ, बार्बरा शेर्पा, भूतपूर्व सचिवा मोनिका प्रधान, सेलेस्टिना सुब्बा, धर्मप्रन्तीय नारी संघका सदस्यहरू भेला भएका थिए। उपाध्यक्षा श्रीमती सेलेस्टिना सुब्बाले धन्यवाद ज्ञापन गरिन्।