सूर्यकुमार, सेमसन र अक्षर पटेलले वर्ल्ड कपको टीममा स्थान पाउने सम्भावना कम्ती

IMG-20230731-WA0175.jpg

३१ जुलाईः वर्ल्ड कप २०२३ शुरु हुन अहिले केवल दुई महिनाको समय बाँचेको छ। आउँदो ५ अक्टोबरदेखि शुरु हुने क्रिकेटको महाकुम्भ अघि भारतले अधिकतम् १० वटा वनडे म्याच खेल्नेछ। समय एकदमै कम्ती रहे पनि भारतीय टीमको तयारी अहिले पनि अधुरो लागिरहेको छ। अहिले पनि प्लेयर्सलाई प्रयोग गर्ने क्रम जारी रहेको छ। ब्याटिंग अर्डरमा लगातार प्रयोग गरिँदैछ। वर्ल्ड कपको निम्ति १५ या १६ सदस्यीय टीममा कुन-कुन खेलाड़ीले मौका पाउनेछन् भन्ने अहिलेसम्म तय हुन सकेको छैन। वेष्ट इण्डिज विरुद्ध जारी वनडे सीरीजमा पनि वर्तमान कोच राहुल द्रविड़ले नयाँ-नयाँ खेलाड़ीहरूलाई प्रयोग गरिरहेका छन् तर परिणाम चाहिँ सन्तोषजनक रहेको छैन।
वर्ल्ड कपको निम्ति ब्याटरहरूका दावेदारीलाई जाँच्ने भारतको रणनीति बाउन्सले भरिएको पीचमा कारगर साबित भएन। वर्षाले प्रभावित दोस्रो वनडे म्याचमा ६ विकेटले जीत हासिल गरी वेष्ट इण्डिजले तीनवटा म्याचको सीरीजमा बराबरी हासिल गऱ्यो। त्यस म्याचमा नियमित कप्तान रोहित शर्मा र सीनियर ब्याटर विराट कोहलीलाई विश्राम दिइएको थियो। वर्ल्ड कपको ठीक अघि यसरी सीनियर खेलाड़ीहरूलाई विश्राम दिने फसेलाले पनि धेरैलाई चकित बनाएको छ। यसबीच ईशान किशनले वर्ल्ड कपमा भारतको निम्ति ईनिंग्सको शुरुवात गर्न सक्छन्। उनले लगातार दोस्रो अर्द्धशतकको साथ दोस्रो विकेटको रूपमा (केएल राहुल वर्ल्ड कपको निम्ति फिट भए) भारतीय टीममा आफ्नो दावेदारी मजबूत गरेका छन्।
टी२० क्रिकेटका बादशाह मानिने सूर्यकुमारले फेरि वनडे क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्न सकेनन्। जोखिमपूर्ण शट्हरू खेल्नु सूर्याको स्वाभाविक खेल हो तर यस रणनीतिको साथ उनले वर्ल्ड कपको निम्ति आफ्नो दावेदारीलाई कमजोर गरेका छन्। उनले वनडे क्रिकेटमा आफ्नो रणनीति बद्लिनु जरूरी भएको छ।
सञ्जु सेमसनबारे अहिले नै केही भन्न सकिँदैन, जसले दोस्रो म्याचमा १९ बलमा केवल ९ रन बनाए अनि अक्षर पटेल (१ रन)-ले पनि सुनौलो मौका गुमाए। दाहिने र देब्रे हातको ब्याटिंग कम्बिनेशनलाई ध्यानमा राखेर यी दुईलाई तेस्रो र चौथो नम्बरमा ब्याटिंग गर्न पठाइएको थियो। यी दुवै खेलाड़ीलाई शर्ट पीच बलिंग विरुद्ध संघर्ष गरिरहेको देखियो। अक्षरलाई सीमित ओभरहरूका प्रारूपमा बलरभन्दा पनि अधिक असल ब्याटरको रूपमा चिनिन्छ तर उनले मौकाको फाइदा उठाउन सकेनन्। एकपल्ट श्रेयस अय्यर फिट भए पनि यस पोजिशनबाट सञ्जु र अक्षरको बिदाई हुने लगभग तय छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement