३१ जुलाईः अमेरिकामा मेजर लीग क्रिकेट (एमएलसी)-को पहिलो सीजनमा मुम्बई इण्डियन्सको स्वामित्व रहेको फ्रेञ्चाइजी एमआई न्यूयोर्क च्याम्पियन बन्यो। आइतवार राति खेलिएको फाइनलमा एमआई न्यूयोर्कले सिएटल ओर्कासलाई ७ विकेटले पराजित गरी खिताब जित्यो। डलासको ग्राण्ड प्रेयरी स्टेडियममा खेलिएको फाइनलमा यस हारेर पहिला ब्याटिंग गर्दै सिएटल ओर्कासले २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनायो। जवाफमा एमआई न्यूयोर्कले २४ बल बाँकी रहँदै केवल ३ विकेट गुमाएर १८४ रनको लक्ष्यलाई हासिल गऱ्यो। एमआई न्यूयोर्कलाई च्याम्पियन बनाउनमा टीमका कार्यवाहक कप्तान निकोलस पूरनको महत्त्वपूर्ण भूमिका रह्यो, जसले केवल ५५ बलमा अविजित १३७ रन बनाए। उनले आफ्नो शतकीय ईनिंग्समा १३ वटा छक्का र १० वटा चौका लगाए। पूरनले आफ्नो अर्द्धशतक केवल १६ बल अनि शतक केवल ४० बलमा पूरा गरे। लक्ष्यलाई खेदो गर्दै एमआई न्यूयोर्कको शुरुवात चाहिँ निराशाजनक रहेको थियो अनि ओपनर स्टीवन टेलर खाता नखोली आउट भए भए। त्यसपछि चाहिँ पूरनले क्रीजमा ओर्लिएर विपक्षी बलरहरूलाई भरपूर शास्ती दिए। पूरन बाहेक डेवाल्ड ब्रेविसले २० र शायान जहाँगीरले १० रन बनाए। टिम डेविड १० रनमा अविजित रहे।
यसअघि पहिला ब्याटिंग गर्ने सिएटल ओर्कासको तर्फबाट ओपनर क्विण्टन डी ककले असाधारण ब्याटिंग गरे। यस दक्षिण अफ्रिकी विकेटकीपरले ९ वटा चौका र ४ वटा छक्काको साथ ५२ बलमा सर्वाधिक ८७ रन बनाए। यसबाहेक शुभमन रञ्जनेले २९, ड्वेन प्रिटोरियसले २१ र शेहान जयसूर्याले १६ रनको योगदान दिए। एमआई न्यूयोर्कका बलरहरूमा ट्रेण्ट बोल्ट र राशिद खानले ३-३ विकेट लिए।