म्हाणिपा संघ तीनधारेद्वारा शहीदहरूलाई श्रध्दाञ्जली

IMG-20220703-WA0153.jpg

तीनधारे: मणिपुरमा भएको प्राकृतिक प्रकोपमा परेर शहीद बनेका गोर्खा जवानहरूलाई तीनधारेको म्हाणिपा संघद्वारा श्रध्दाञ्जली अर्पण गरिएको छ। तीनधारेको राजबारीस्थित सामतेन छ्योलिङ माणि लाखाङमा म्हाणिपा संघको आयोजनामा दावा लामा म्हेम्हेको अगुवाईमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै पूजा अर्चना गरिएको छ। शहीदहरूको आत्मा शान्तिको लागि मौन धारण पनि गरिएको छ। त्यसरी नै शहीदहरूको दिवंगत आत्माले शान्ति पाऊन् भनी १०८ वटा छिमी बालिएको छ। त्यसरी नै शहीदहरूको परिवारहरूलाई ईश्वरले सहने शक्ति प्रदान गरुन् साथै शोकित परिवारलाई गहिरो शोक समवेदना प्रकट गरिएको जानकारी म्हाणिपा संघ तीनधारेकी कोषाध्यक्ष शान्ती योञ्जनले जानकारी दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement