अण्डर-१७ फूटबलः हिल्स एफए र युनाइटेड सिक्किम सेमिफाइनलमा

photocollage_2023731132611306.jpg

३१ जुलाईः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। दिनको पहिलो म्याचमा खरसाङको हिल्स फूटबल एकाडमीले ग्रोन युनाइटेड च्याँगालाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर २-२-को बराबरीमा रहेको थियो। ग्रोन युनाइटेडका प्रवीण सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी दोस्रो म्याचमा युनाइटेड सिक्किम फूटबल एकाडमीले युनाइटेड ब्याटलर्स एफसी-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमका छिरिंग दोर्जेलाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement