उद्घाटन म्याचमा डीबीएवाईसी धजिया विजयी

IMG-20230731-WA0121.jpg

३१ जुलाईः न्यू जेनेरेशन फूटबल एसोसिएशन, बुङुकुलुङको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टको उद्घाटन म्याचमा डीबीएवाईसी धजियाले जीत हासिल गऱ्यो । मिरिकको सौरेनी नजिक बुङकुलुङ बस्ती खेल मैदानमा आइतवार भएको टुर्नामेण्टको पहिलो म्याचमा डीबीएवाईसी धजियाले आर्यन सेभेन, खरसाङलाई ४-३-ले पराजित गऱ्यो। यस यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ।

फाइनल १० सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement