रम्फूमा ७७औं स्वतन्त्रता दिवस समारोह शुरू

IMG-20230731-WA0004.jpg

पाकिम। रम्फूको स्थानीय खेल मैदानमा आजदेखि ७७औं स्वतन्त्रता दिवस समारोह शुरू भएको छ। रम्फू स्वतन्त्रता दिवस समारोह समिति २०२३ द्वारा आयोजन भइरहेको समारोहको उद्घाटन आज भवन तथा आवास विभाग मन्त्री सन्जित खरेलले गरे। यस अवसरमा मन्त्री एलबी दास पनि उपस्थित थिए।

समारोहको मुख्य आकर्षण स्नो लायन नकआउट फुटबल प्रतियोगिता २०२३ रहेको छ। आज आरडी ब्रदर्स बनाम युनाइटेड ब्रदर मामरिङ र झापा एकादश नेपाल बनाम रोयल एफसी सिलगढीबिच खेल सम्पन्न भयो। यस प्रतियोगितामा कूल २० दलले भाग लिइरहेका छन्। यसका विजेतालाई नगद चार लाख र उपविजेतालाई नगद तीन लाख पुरस्कार रहेको छ।

आज विभिन्न विद्यालयका विद्यार्थीहरू र संस्थाका कलाकारहरूले रंगारंग सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा एनएचपीसी चेयरमेन प्रशान्त प्रधान, आवास विभागका चेयरमेन कर्म टाशी भोटिया, रम्फूकी एसडीएम सुजाता सुब्बा, एसडीपीओ एलबी छेत्री आदि पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement