गान्तोक: राज्यको वन विभाग, पर्यावरण विभाग र विप्रोको संयुक्त पहलमा राज्यभरिका ६० वटा विद्यालयका ग्रीन टिचर्सहरूलाई लिएर एक दिवसीय अभिमुखी कार्यक्रम आयोजना गऱ्यो। आर्थियन स्कूलव प्रोग्राम अन्तर्गत आयोजित कार्यक्रम देउरालीको वन विभागको प्रेक्षागृहमा सम्पन्न भएको थियो। विद्यालयमा अनौपचारिक कार्यमा आधारित वातावरणीय शिक्षा प्रदान गर्ने उद्देश्यले चालू शैक्षिक सत्रका लागि ६० विद्यालयमा पानी, जैविक विविधता र फोहोर व्यवस्थापनको दिगोपनमा केन्द्रित धरती विद्यालय कार्यक्रम शुरू गरिएको हो। कार्यक्रममा विप्रोका सहयोगी आशिष शाह, कुसुम गुरूङ, सह निर्देशक राजेन प्रधान लगायत अन्यहरू स्रोतवक्ताकोरूपमा उपस्थित रहेका थिए।