शहीद सिताराम राईको पार्थिव शरीर सैनिक सम्मानको साथमा पञ्चतत्वमा विलिन

IMG-20220703-WA0152.jpg

सोनादा: मणिपुरको प्राकृतिक प्रकोपमा परेर शहीद बनेका रङ्गबुल गोर्खा बस्ती निवासी सीताराम राईलाई तिनको निजी बासस्थान गोर्खा बस्तीमा आज सैनिक सम्मानको साथ आफन्त अनि गाँउलेहरूले अश्रुपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाई दिइएको छ। शहीद सीतारामलाई अन्तिम दर्शन अनि श्रद्धाञ्जली अर्पण गर्नको निम्ति सुकेपोखरी खण्ड विकास अधिकारी समीरुल इस्लाम, रंगमुक धोतरिया रंगबुल समष्टीको नव निर्वाचित सभासद राजेस चौहान, जोरबंगलो थानाको ओसी लगायत अन्यहरू पनि शहीदको बासस्थानमा पुगेर उनको आफन्तहरूसित भेटघाट गरी सान्तवना प्रकट गरेका थिए। शहीद जवान सिताराम राईको अन्तिम संस्कार सैनिक सम्मानको साथमा गरिएको छ।
मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका दार्जिलिङको रंगबुल गोर्खे बस्ती निवासी सिताराम राईको पार्थिव शरीर हिज हवाई जहाजमा बाघडोगरा ल्याएर सैनिक छाउनी बेगडुबी ल्याएर सैनिक सम्मानसहित श्रध्दाञ्जली अर्पण गरेर घर ल्याइएको थियो। शहीद सिताराम राईको पार्थिव शरीरलाई श्रध्दाञ्जली अर्पण गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको रंगबुल धोतरिया रंगमुक समष्टिको बिजय प्रार्थी रोजेस चौहान पनि पुगेका थिए। तिनले बेगडुबीको सैनिक छाउनीमा श्रध्दाञ्जली अर्पण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement