गान्तोक: लायन्स क्लब अफ् रम्फू गेटवे अफ् सिक्किमको पहलमा माझीटारस्थित सावी फार्मामा एक दिवसीय रक्तदान शिविरको आयोजना गऱ्यो। क्लवका अध्यक्ष सन्दीप प्रसाद र रक्तदान संयोजक लायन राकेश अग्रवालले जानकारी गराए अनुसार पहिलो र दोस्रो रक्तदान शिविर समरदुङमा आयोजना गरिएको थियो भने यो तेस्रो रक्तदान शिविर मनिपाल अस्पतालको सहयोगमा माझीटारमा आयोजना गरिएको हो। आज सम्पन्न रक्तादन शिविरमा कूल १८ यूनिट रक्त सञ्चय भएको र यी सबै रक्त मनिपाल अस्पताललाई सुम्पिएको बताइएको छ। आयोजक समितिले थप जानकारी गराए अनुसार रक्तदान शिविर आगामी दिनमा पनि विभिन्न स्थानमा आयोजना गरिने संस्थाले निर्णय लिएको छ।