स्वतन्त्रता दिवसको तयारीलाई लिएर जिल्लास्तरीय समन्वय सभा

IMG-20230730-WA0353.jpg

गान्तोक: आगामी दिनमा पालन गरिने ७७औं स्वतन्त्रता दिवस तयारीलाई लिएर आज गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा जिल्लास्तरीय समन्वय सभा सम्पन्न भयो। मन्त्री भीम हाङ सुब्बाको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा गेजिङ जिल्लाका जिल्लापाल हिस्से डी. योङदा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै मन्त्री भीम हाङ सुब्बाले आगामी दिनमा पालन गरिने ७७औं स्वतन्त्रता दिवस भव्यरूपमा पालन गरिने र यसको निम्ति सबै विभागका अधिकारीहरूले सहयोग पुऱ्याउनु पर्ने जानकारी गराए। उक्त कार्यक्रमको अवसरमा उचित सुरक्षा व्यवस्था गरिनुपर्ने र मेडिकल सुविधा पनि उपलब्ध गराउनु पर्ने अवगत गराए। सोही प्रकारले मन्त्री सुब्बाले याङथाङ स्पोर्टिङ क्लबलाई स्वतन्त्रता दिवस समारोहमा सहभागी बन्नको निम्ति आफ्नो तर्फबाट पूर्णरूपमा सहयोग दिने आश्वासन पनि दिएका छन्। उनले उदाहरणीय उत्सव मनाउनका लागि सबै अधिकारीहरूलाई आफ्नोतर्फबाट पहल गर्नुपर्ने आग्रह गरे। यसै क्रममा जिल्लापाल हिस्से डी. योङदाले मन्त्री लगायत अन्यहरूलाई सभामा उपस्थिति दिएकोमा स्वागत साथै धन्यवाद जनाउँदै स्वतन्त्रता दिवस समारोलाई भव्यरूपमा सफल तुल्याउनको निम्ति विभागका अधिकारीहरूको जिम्मेवारी र काम सुम्पिसकेको जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement