१७ मईः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत मंगलवार प्रतिष्ठित रविलाल लामा स्मृति ए डीविजन लीगका दुईवटा म्याच खेलियो। मेला ग्राउण्डमा भएको दिनको पहिलो म्याचमा डा. ग्राहम्स होम्स स्कूलले रकभेल एकाडमीलाई १-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा कोम्चीले सांकसे योद्धा विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। तेस्रो तथा अन्तिम म्याच सुपर डीविजनको खेलियो। कुमुदिनीस र सेसोनियन्स एफसबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल ५ जूनमा हुनेछ।