गान्तोक: गत २३ जुलाई को दिन सम्पन्न सिक्किम प्रिमियर डिभिजन लीगका उपविजेता टोली सिक्किम हिमालयन स्पोर्टिङ्ग क्लबलाई आज उनीहरूको ट्रफी हस्तान्तरण गरियो। आज फुटबल हाउसमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको मुख्य अतिथ्यमा आयोजित एक कार्यक्रममाझ उनीहरूलाई उक्त ट्रफी हस्तान्तरण गरिएको हो।
ज्ञात रहोस्, सिक्किम फुटबल एशोसिएसनद्वारा आयोजित सिक्किम प्रिमियर डिभीजन लीग अवधि हिमालयन स्पोर्टिङ्ग क्लबका खेलाडी अनि गेम अफिसियलमाझ केही मन मुटाव भएको थियो। उक्त मन मुटावलाई हटाउनको निम्ति एसएफएले क्लब अनि अफिसियल माझ एउटा छलफल बैठक आयोजना गरेको थियो। उक्त बैठकमा सबैले आ – आफ्नो कुराहरु राखे पछि एक अर्कालाई खदा लगाएर मन मुटाव सामान्य गराइयो। उक्त दिनको खेल सकिएपछि हिमालयन स्पोर्टिङ्ग क्लबका खेलाडीहरू चेन्जीङ रूममा रहेको समयमा उनीरूले खेलाडीहरुले जितेका तीन वटा ट्रफी ग्रहण गर्नको निम्ति त्यहाँ नाम बोलाइएको थियो तर उनीहरूले मुख्य अतिथिको बाहुलीबाट ट्रफी प्राप्त गर्न नसकेको कुरालाई ध्यानमा राखेर आज एसएफएले एक कार्यक्रमको आयोजना गरेर उक्त ट्रफी सम्मान सहित प्रदान गरियो।